प्रमुख चार राजनीतिक दल र मधेसी मोर्चाबीच वार्ता सम्पन्न

प्रमुख चार राजनीतिक दल र मधेसी मोर्चाबीच वार्ता सम्पन्न

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, २९ कात्तिक । प्रमुख चार राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको आजको वार्ता थप छलफल गर्ने सहमतिका साथ टुङ्गिएको छ ।

बैठकपछि नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज सबै विषयमा अनौपचारिक छलफल भएको तर कुनै सहमति हुन भने नसकेको जानकारी दिनुभयो ।

आजको छलफलमा उठेका विषय आ–आफ्नो पार्टीमा थप छलफल गरेर फेरि बस्ने गरी वार्ता टुङ्गिएको उहाँले बताउनुभयो ।

उहाँले आजको बैठकमा सीमाङ्कनको विषय उठेपनि त्यसको विकल्पबारे भने छलफल नभएको बताउनुभयो ।

मोर्चाका नेता सङ्घीय समाजवादी फोरम (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले पहिलो र दोस्रो मधेस आन्दोलनको दौरान भएको आठबुँदे सम्झौता र २२ बुँदे सम्झौता कार्यान्वयनको माग मोर्चाले वार्तामा राखेको बताउनुभयो ।

उहाँले आफूहरुले नयाँ माग नउठाएको जिकिर गर्दै पुरानो सम्झौता कार्यान्वयन गर्ने जिम्मा प्रमुख दलकै भएको बताउनुभयो ।

यादवले आजको वार्तामा प्रमुख दलले ठोस कुरा नल्याएको बताउँदै अर्को वार्तामा ल्याउने आश्वासन दिएको जानकारी दिनुभयो ।

बैठकमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भोलि साँझसम्म आफूहरुले केही नयाँ प्रस्ताव ल्याउने आश्वस्त पार्नुभएको यादवले जानकारी दिनुभयो ।

उहाँले सरकारले यसअघि घोषणा गरेको आन्दोलनका क्रममा घाइतेको उपचार, पक्राउको रिहाई र मुद्दा फिर्ता लिने प्रतिबद्धता अझै पूरा नगरेको जिकिर गर्नुभयो ।

सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालय परिसरमा भएको वार्तामा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कानुन तथा न्यायमन्त्री अग्नि खरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा (नेपाल)का संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ