दु्ई करोड ५० लाख बराबर फुलको कारोबार

दु्ई करोड ५० लाख बराबर फुलको कारोबार

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ, २९ कार्तिक ।

यस वर्ष तिहारमा रु दुई करोड पचास लाखको फूलको कारोबार भएको छ । बर्षेनी तिहारमा १० देखि १५ प्रतिशतसम्म फूलको कारोबारमा वृद्धि हुने गरेको भएपनि यस वर्ष नाकाबन्दी र तराई बन्दका कारण कारोबारमा वृद्धि हुन नसकेको फ्लोरीकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष दिलिप बादेले जानकारी दिनुभयो ।

उपाध्यक्ष बादेका अनुसार तिहारमा सयपत्री, मखमली र गोदावरी फूलका सात लाख माला खपत भएका भएपनि सबैभन्दा बढी सयपत्री फूलको चार लाख माला खपत भएको छ ।

खपत भएका फूल सबैभन्दा बढी काठमाडौँ उपत्यकाको तीन वटा जिल्लामा ७५ प्रतिशत प्रयोग भएको थियो भने पोखरा, बुटवल, धरानलगायत देशको मुख्य सहरमा २५ प्रतिशत फूलको प्रयोग भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष मालाको मूल्यमा पनि वृद्धि भएको छ । यस वर्ष सयपत्री फूलको प्रतिमालालाई रु ३५ देखि रु६५ सम्म परेको थियो । गत वर्ष प्रतिमालाको मूल्य रु २५ देखि रु ५० सम्म थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी