नेपाल ट्राइयाथलनको राष्ट्रिय प्रशिक्षकमा ज्याकोवसन नियुक्त

नेपाल ट्राइयाथलनको राष्ट्रिय प्रशिक्षकमा ज्याकोवसन नियुक्त

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, २९ कार्तिक ।

भारतको गुहाटी र सिलोङ्गमा आउँदो वर्ष आयोजना हुने दक्षिण एशियाली खेलकुद प्रतियोगितालाई मध्येनजर राख्दै नेपाल ट्राइयाथलन संघले डेनिस प्रशिक्षक पिटर ज्याकोवसनलाइ राष्ट्रिय प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

कास्कीको वेगनाश तालमा भएको सातौ राष्ट्रिय प्रतियोगिता अन्तरगत चौथौं राष्ट्रिय ट्राइयाथनल प्रतियोगिताबाट सागको लागि छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखी उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले डेनिस प्रशिक्षक पिटरलाई राष्ट्रिय प्रशिक्षकको रुपमा नियुक्त गरिएको संघद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

५१ वर्षे प्रशिक्षक ज्याकोवसन ट्राइयाथनल प्रशिक्षकका साथ साथै शारीरिक र मानसिक प्रशिक्षणका ज्ञाता मानिन्छन् ।

उनी आफ्नो जमानाका उत्कृष्ट खेलाडी हुनुका साथै ट्राइयाथनलका निकै अनुभवी प्रशिक्षक समेत हुन् ।

उनले डेनमार्क, जर्मनी, जिम्वाब्वे, म्यानमार, सिङ्गापुर र कम्वोडियामा प्रशिक्षकको रुपमा रहेर काम गरिसकेका छन् ।

हाललाई साग सम्मको सम्झौता भएता पनि नेपाली ट्राइयाथलनलाई उत्कृष्ट बनाउनको लागि आगामी २ देखि ४ बर्षसम्म ज्याकोवसनलाई नेपाली राष्ट्रिय प्रशिक्षकको रुपमा नेपालमा राख्न पहल गर्ने संघले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी