कञ्चनपुर,२९ कार्तिक ।
कञ्चनपुरको दक्षिणी क्षेत्रका जनताहरुले प्रहरी अतिरिक्त महानिरीक्षक केदार साउँदसंग दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी जंगलको सडकमा नागरिक सुरक्षा बलियो बनाईदिन माग गरेका छन् ।
आईतबार इलाका प्रहरी कार्यालय बेल्डाँडीको नव निर्मित भवन अनुगमन गर्न यहाँका पुगेको प्रहरी अतिरिक्त महानिरीक्षक साउँदसंग यहाँका जनताहरुले यस्तो माग गरेका हुन् ।
बेल्डाँडीका स्थानियहरुले गाँउ देखि सदरमुकाम महेन्द्रनगर जोड्ने दैजी–बेल्डाँडी जंगलको सडक खण्डमा नागरिक लुटपाट, कुटपिट हुने भएकाले त्यस्ता अपराधिक कृयाकलाप रोक्न प्रहरीको मुख्य भूमिका हुने भन्दै यसतर्फ प्रहरीले विषेश ध्यान दिन समेत आग्रह गरेका छन् ।
पटक पटक प्रहरी संग उक्त सडकमा नागरिक सुरक्षाका लागि माग गरेपनि प्रहरीको वेवास्ताका कारण लुटपाट बढेको भन्दै सडक सुरक्षा रणनिती बनाउन समेत माग गरेका छन् ।
बेल्डाँडीकी अगुवा महिला राधिका जोशीले जंगलको सडकमा चोरी, डकैती, लुटपाट हुने भएकाले बढि महिलाहरु प्रभावित भएको गुनासो पोख्नुभयो ।
प्रहरीले विच जंगलमा एक चौकी स्थापना गरेरै भएपनि नागरिक सुरक्षा दिनुपर्ने स्थानीयकोे सुझाव छ । प्रहरी अतिरिक्त महानिरीक्षक केदार साउँदले दैजी–बेल्डाँडी सडकमा नागरिक सुरक्षाका लागि प्रहरीले नियमित गस्ती गर्ने बताउनुभयो ।
अतिरिक्त महानिरीक्षक साउँदले जिल्ला प्रहरी,ईलाका बेल्डाँडी र झलारी प्रहरीलाई क्र्स गस्ती गर्न समेत निर्देशन दिनुभयो ।
एआईजी साँउदले साईकल, मोटरसाईकल, बस प्रयोग गरेर क्र्स गस्ती गराउन समेत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोर कुमार दाहाललाई निर्देशन दिनुभयो ।
एआजी साँउदसंगै बेल्डाँडी पुगेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोर कुमार दाहालले सो सडकका लुट्ने समुहका झलारीपीपलाडी नगरपालिका–५का २२ बर्षिया रविन्द्र साउदलाई पक्राउ गरेर लुटेरा समुहका अन्यको खोजी भईरहेको बताउनुभयो ।
जंगलको सडकमा नागरिक सुरक्षा दिन प्रहरी तयार रहेको उनको प्रतिबद्धता छ । इलाका प्रहरी कार्यालय बेल्डाँडीका इन्चार्ज नेत्र बहादुर बोहराले नेपाल प्रहरीका एआईजी साँउद र प्रहरी उपरीक्षक दाहालले नवनिर्मित भवनको अनुमगन गरेको जानकारी दिनुभयो ।
भवन नागरिकहरुको सुरक्षा सित जोडिएको विषय भएकाले भवन भरपदो, बलियो र गुणस्तरिक बनाउन समेत स्थानियहरुले आग्रह गरेका छन् ।