पेट्रोल राखिएको ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु

पेट्रोल राखिएको ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कार्तिक, २९ कार्तिक ।

नेपालगन्जको खजुरा रोडस्थित टायर रिसोलिङ सेन्टरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।

शव जलेको अवस्थामा भेटिएकाले सनाखत हुन सकेको छैन । उक्त ग्यारेज पसलमा खुला रुपमा पेट्रोल राखिएको र त्यसैबाट आगो सल्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आज मध्यान्ह भएको उक्त आगलागीबाट झण्डै आठ लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले ग्यारेजका संचालक रिजवान हल्वाईलाई सोधपुछका लागि नियन्त्रणमा लिएकोे छ ।

पेट्रोलको बोतलबाट सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले झण्डै ४५ मिनेट लगाएर नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख एसपी बसन्त पन्तले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ