आजबाट छठ पर्व सुरु

आजबाट छठ पर्व सुरु

  • आइतवार, कार्तिक २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ २९ कार्तिक ।  सुर्य उपासनाको महान पर्व छठ आजबाट सुरु भएको छ । पर्व अन्तरगत तराइ लगायत मुलुकका विभिन्न स्थानमा बिहानै घरमै वा नजिकैको तलाउ, पाखरी र नदीमा नुहाई चोखो गरी व्रतालुले व्रत सुरु गरेका छन् ।

ब्रतका क्रममा माछा, मासु, लसुन, प्याज, कोदो, मुसुरो जस्ता खानेकुरा त्याग्ने गरिन्छ । चार दिनसम्म मनाइने यस पर्वका लागि धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित तराईका जिल्लाका नदी पोखरीलाई सजाइएका छन् ।

पर्वको दोस्रो दिन भोली साँझ खीर, पुरी जस्ता पकवान पकाइ केरा लगायतका फलफूल चडाई व्रतालुले घरमै गोप्य पूजा गर्ने चलन छ । छठको तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चोथौं तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्ठी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने धार्मिक आस्थाका साथ सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।

छठको अवसरमा जनकपुरका गंगा सागर, धनुषसागर सहितका दर्जनौ पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ