काठमाडौ २९ कार्तिक ।
भारतीय नाकाबन्दीका कारण काठमाडौ उपत्यकमा खाना पकाउने एलपी ग्यास र मट्टितेलको चरम चरम अभाव देखिएपछि सरकारले आजबाट उपत्यकाका सर्वसाधरणलाई दाउरा विक्री गर्ने तयारी गरेको छ ।
वन मन्त्रालय अन्तरगत टिम्बर कर्पोरेसन टीसिएनले आज बिहान ८ बजेदेखि उपत्यकाका दुई स्थान बालकुमारी र गौशालाबाट दाउरा वितरण गर्ने जनाएको छ ।
प्रतिपरिवार एक सय केजीका दरले दाउरा वितरण गर्ने तयारी भएको वन मन्त्रालयका प्रवत्ता कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । दाउरा प्रतिकेजीको मुल्य १५ रुपैयाँ निर्धारण गरिएको छ ।
गत शुक्रबारबाट नै दाउरा वितरण गर्ने भनिएपनि कर्मचारी अभाव र भाइटीका परेकाले आजबाट मात्र वितरण गर्न लागेको हो । सरकारले बिक्रीका लागि पहिलो चरणमा १ लाख १० हजार केजी दाउरा काठमाडौ ल्याएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline