अभ्यास खेलमा नेपाल ओमनसग ३ विकेटले पराजीत

अभ्यास खेलमा नेपाल ओमनसग ३ विकेटले पराजीत

  • शनिबार, कार्तिक २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाण्डौ, २८ कार्तिक । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत् पपुवा न्यूगिनीविरुद्धको खेलका लागि युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमानविरुद्ध तीन विकेटको पराजय व्यहोरेको छ ।
आबुधाबीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानसामु ४९ दशमलव ३ ओभरमा अलआउट हुदै १ सय ८५ रनको सामान्य चुनौती प्रस्तुत गरेको थियो ।
कमजोर ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले ७१ तथा पारस खड्काले ४९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
त्यस पछि जवाफी व्याटीङमा आएको ओमनले सम्हालिएर खेल्दै नेपालको चूनौती ७ विकेटको क्षतिमा ४८.१ ओभरमा पूरा गर्यो ।
नेपालका लागि शक्ति गौचनले ३ विकेट लिए भने महबुब आलम २ तथा सागर पुन, र बिक्रम सोबले एक एक विकेट लिएका थिए ।
नेपालले भोली पपुवा न्यु्गिनी विरुद्ध खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी