मधेस आन्दोलनबारे काँग्रेस मधेसकेन्द्रित दल छलफल

मधेस आन्दोलनबारे काँग्रेस मधेसकेन्द्रित दल छलफल

  • शनिबार, कार्तिक २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, २८ कात्तिक । मधेस आन्दोलनलाई सम्बोधन गर्ने सन्दर्भमा नेपाली काँग्रेस र मधेसकेन्द्रित दलबीच आज वार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा प्रारम्भ भएको वार्ताले विश्वासको वातावरण तयार गर्ने अपेक्षा गरिएको छ । बैठकमा काँग्रेसका कावा सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य महेश आचार्य र सचेतक ईश्वरी न्यौपाने हुनुहुन्छ ।

त्यसैगरी तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, सङ्घीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र नेता अशोककुमार राई, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र हृदयेश त्रिपाठी तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।

काँग्रेसले तराई मधेस समस्या समाधान गर्न आफ्नो नेतृत्वको सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव अविलम्ब पारित हुनुपर्नेमा जोड दिँदै आएको छ भने प्रमुख प्रतिपक्षी दल काँग्रेसबिनाको सरकारी वार्ता टोलीले मात्र निकास ननिकाल्ने सार्वजनिक अभिव्यक्ति आन्दोलनरत दलले दिँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ