निगमको टोली आज बंगलादेश जाँदै

निगमको टोली आज बंगलादेश जाँदै

  • शनिबार, कार्तिक २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कार्तिक २८, काठमाडौं । 

बंगलादेशबाट इन्धन आपूर्तिको सम्भावनाबारे छलफल गर्न नेपाल आयल निगमको टोली आज वंगलादेश जादैछ । भारतले तत्काल नाका खोल्ने संकेत नदिएपछि निगमले बंगलादेशको विकल्प खोजेको हो ।

नाकाबन्दीका कारण इन्धन आपूर्तिमा समस्या भएपछि मुलुकभर देखिएको चरम अभावलाई समाधान गर्न निगमको टोली आज अपरान्ह त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।

निगमका निर्देशक मुकुन्द घिमिरे र इन्जिनियरिङ विभागका निर्देशक विरेन्द्र गोईत अपरान्ह २ वजे वंगलादेश एयरबाट त्यसतर्फ लाग्ने बताईएको छ ।

वंगलादेश पेट्रोलियम कर्पोरेशनबाट पेट्रोल , डिजेल, हवाई इन्धन र एलपी ग्यास खरिदको सम्भावना वुझ्न आज त्यस तर्फ जान लागिएको टोलीका सदस्य मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

इन्धन आपूर्ति खरिदका सम्वन्धमा त्याहाँको वाणिज्य मन्त्रीस्तरमा नै छलफल हुने घिमिरेको भनाई छ । पहिलो चरणमा नेपाली टोली र बंगलादेश पेट्रोलियम कर्पोरेशनबीच भोली छलफल हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ