काठमाडौ २८ कार्तिक । चितवनामा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भिर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ स्थित भण्डाराको मार्ताल पुल नजिक भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको ना १३ च ३२ १५ नम्बरको कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट मृत्यु हुनेमा राप्ती नगरपालिका– ८ का १७ वर्षीय असीम पौडेल र सोही ठाउँकी २० वर्षीया जस्मिना उप्रेतीको रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुने स्थानीय ३२ वर्षीया जानुका कोइरालाको अवस्था चिन्ताजनक रहेको प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । उनको भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने कार प्रहरी नियन्त्रणमा रहे पनि चालक भने फरार छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline