काठमाडौ २८ कार्तिक ।
इंग्ल्याण्ड र स्पेनबीच भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलमा स्पेन २–० ले विजयी भएको छ । गएराति एलिकान्टीमा भएको खेलमा इंग्ल्याण्ड घरेलु टोली स्पेनसँग पराजित भएको हो ।
खेलको ७२ औं मिनेटमा पेरेज माटिर्नेजले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए ।८४ औं मिनेटमा सान्टी काजोलाले थप एक गोल गरेपछि स्पेन २–० ले विजयी भयो ।
गएराति नै सम्पन्न अर्को मैत्रीपूर्ण खेलमा फ्रान्सले जर्मनीलाई २–० ले पराजित गरेको छ । घरेलु टोली फ्रान्सलाई जिताउने क्रममा ओलिभर जिरउड र आन्द्रे पियरे गिग्न्याकले एक एक गोल गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline