तीन बिघा जग्गा भारतीय पक्षद्वारा अतिक्रमण

तीन बिघा जग्गा भारतीय पक्षद्वारा अतिक्रमण

  • शुक्रबार, कार्तिक २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

कञ्चनपुर, २७ कात्तिक । दोधारा चाँदनी नगरपालिका– ७, कञ्चनभोजस्थित सीमा स्तम्भ नं १७ मुन्सीटोलमा भारतीय नागरिकले नेपाली भूमिमा आवादी गर्दै आएका छन् ।

स्थानीयवासीका अनुसार भारतीय पक्षले विगत लामो समयदेखि करिब तीन बिगाहा जग्गा नेपाली भूमि अतिक्रमण गरेर खेतीपाती गर्दै आएका छन् ।

दोधारा चाँदनी नगरपालिका कञ्चनभोजका स्थानीयवासीलाई पायक पर्ने सीमावर्ती बजार मेलाघाट भएको हुँदा दिनरात सीमावर्ती भारतीय बजार मेलाघाट आवतजावत गर्नैपर्ने भएको हँुदा उनीहरुले खुलेर सीमा अतिक्रमणको विरोध गर्न नसकेको बताएका छन् ।

स्थलगत भ्रमणका क्रममा करिब तीन बिगाहा नोमेन्सलेन्डलगायत नेपाली भूमि भोगचलन गर्दै आएको देखिएको नेकपा (एमाले) दोधारा चाँदनी गाउँ कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले बताउनुभयो ।

उहाँका अनुसार भारतको हेपाहा प्रवृत्तिका कारण दोधारा चाँदनीका विभिन्न स्थानमा सीमा समस्या आउने गरेको छ ।
“अहिले साम्य गर्न नसके भोलि यो जटिल विषय बन्छ । तसर्थ जग्गा अतिक्रमणको विषयलाई तत्कालै सरकारले ध्यान पु¥याउनुपर्छ” – स्थानीयवासी रामसिंह खड्काले भन्नुभयो ।
विगत लामो समयदेखि भारतीय पक्षले दशगजा जग्गासहित नेपाली भूमि कब्जा जमाउँदै आएको स्थानीय खड्काले बताउनुभएको छ ।
स्थानीयवासीका अनुसार भारतीयले मिचेको जग्गामा उखु तथा धानखेती गर्दै आएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ