राष्ट्र्रपतिद्वारा भाइ डेगेन्द्रलाई टीका

राष्ट्र्रपतिद्वारा भाइ डेगेन्द्रलाई टीका

  • शुक्रबार, कार्तिक २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, २७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ः५५ बजेको भाइटीकाको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनु भएको छ ।

राष्ट्रपति भण्डारीले भाइलाई टिका लगाएर आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो भने उहाँका भाई डेगेन्द्र पाण्डेले सौभाग्य सामग्री र दक्षिणा प्रदान गरेर आशीर्वाद लिनुभयो । टीका थाप्नका लागि राष्ट्रपतिका भाई डेगेन्द्र राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नु भएको थियो ।

राष्ट्रपति भण्डारीलाई भने उहाँकी वहिनी सुशीला पाण्डेले सोही शुभसाइतमा मङ्गलधुनकाबीच टीका लगाइदिनुभएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ