मधेसकेन्द्रित दलसँगको वार्ता सार्थक तुल्याइने

मधेसकेन्द्रित दलसँगको वार्ता सार्थक तुल्याइने

  • शुक्रबार, कार्तिक २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, २७ कात्तिक । उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बसेको बैठकले मधेसकेन्द्रित दलसँगको वार्तालाई सार्थक तुल्याउनका लागि प्रयत्न गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले वार्ता प्रक्रियालाई परिणाममुखी बनाउने प्रयत्नका निम्ति सरकारी वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री कमल थापा र समितिका संयोजक एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ ।

बैठकले वार्ता सफल पार्न आवश्यक प्रयत्न गर्नका लागि सरकारी वार्ता टोली संयोजक र समितिका संयोजलाई जिम्मेवारी दिइएको समितिका सदस्य एवम् एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले  जानकारी दिनु भयो ।

“बैठकमा वार्ता कसरी सफल पार्ने भन्ने सन्दर्भमा छलफल भयो, उप्रपधानमन्त्री थापा र अध्यक्ष दाहालले आवश्यक परेमा प्रधानमन्त्रीसहित, प्रतिपक्षीदल नेपाली काँग्रेससँग आवश्यक छलफल गर्ने र मधेसी मोर्चाका नेतासँग छलफल गरी वार्तालाई निष्कर्षमा पु¥याउने जिम्मेवारी उहाँहरुमा छ,”–उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ