काठमाडौ २७ कार्तिक ।
सन २०१६ मा हुने युरोकप फुटबलको छनोट अन्तर्गत प्लेअफको पहिलो लिगमा हंगेरीले नर्वेलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा विरुद्ध १–० को नातिजा निकालेको हंगेरी २९ वर्ष यता कुनै पनि मुख्य प्रतिस्पर्धामा भने छनोट भएको छैन । लाज्लो क्लेनहेस्लरले खेलको २६ औ मिनेटमा गरेको गोल नै हंगेरीका लागि निर्णायक बन्यो ।
समुह एचको तेस्रो नर्वे र समुह एफको सोही स्थानको हंगेरी बिचको प्लेअफको दोस्रो लेग आगामी आइतबार हंगेरीको राजधानी बुढापेस्टमा हुनेछ ।
विजेता टोली आगामी वर्षको समरमा फ्रान्समा हुने युरो कपमा सहभागि हुन पाउनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline