नेपालकै नमुना बन्दै बन्दिपुरको बाख्रा फार्म

नेपालकै नमुना बन्दै बन्दिपुरको बाख्रा फार्म

  • बिहिबार, कार्तिक २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

तनहुँ, २६ कात्तिक ।

पर्यटकीय नगरी बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र नेपालकै नमुना फार्मका रुपमा विकसित भएको छ ।

उक्त केन्द्रले विभिन्न नौ जातका १६ प्रकारका बाख्राका साथै डाले घाँसको अनुसन्धान गरेर सफलता पाएपछि उक्त फार्म नमुना बन्दै गएको हो ।

सो केन्द्रले जिल्लाको विभिन्न १२ स्थानमा शाखा केन्द्र सञ्चालन गरेर बाख्रापालन र बाख्रा अनुसन्धान कार्य गर्दै आएको छ ।

उक्त केन्द्रले हाइब्रिड पद्धतिबाट बाख्राहरु उत्पादन गर्ने, बाख्रापालनसम्बन्धी तालिम दिने र डाले घाँसको अनुसन्धान र कृषकलाई व्यावसायिक रुपमा उत्प्रेरितका कार्यहरु गर्दै आएको केन्द्रका प्रमुख राम घिमिरेले जानकारी दिनुभयो ।

पहाडी क्षेत्रमा पाइने बोर, जमुनापारी, खरी, वारवारी, सानेन, टोजेनवर्ग, नुवियानलगायतका उन्नत जातका बाख्रा कृषकलाई उपलब्ध गराउँदै आएको उक्त केन्द्रले जनाएको छ ।

कृषकका लागि सो केन्द्रले जन्मदर बढी हुने, छिटो तौल बढ्ने, छिटो बाली जाने, कम रोग लाग्ने दूध मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुने र चाँडो फाइदा हुने जातका बाख्रा उपलब्ध गराउँदै आएकाले कृषक प्रत्यक्ष लाभान्वित हुने गरेको केन्द्रका प्रमुख घिमिरेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी