प्रारम्भिक राष्ट्रिय फुटबल टोलीको घोषणा

प्रारम्भिक राष्ट्रिय फुटबल टोलीको घोषणा

  • बुधबार, कार्तिक २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ, २५ कार्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक उस्सेम्सले साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २७ सदस्यीय प्रारम्भिक टोलीको आज घोषणा गरेका छन् ।

बन्द प्रशिक्षणमा रहेका ३९ जनाबाट प्रारम्भिक टोलीमा परेका खेलाडीमा अनिल गुरुङ, कर्ण लिम्बू, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अन्जन विष्ट, नवीन लामा र टंङ्क बस्नेत छन् ।

त्यस्तै, योगेश गुरुङ, विशाल राई, विक्रम लामा, शिव श्रेष्ठ, राजेन्द्र रावल, हेमन गुरुङ, रोहित चन्द, जगजीत श्रेष्ठ, अजित भण्डारी, विराज महर्जन पनि टोलीमा परेका छन् ।

त्यसैगरी, आदित्य चौधरी, अनन्त तामाङ, जीतेन्द्र कार्की, देवेन्द्र तामाङ, रविन श्रेष्ठ, रञ्जीत धिमाल, किरण चेम्जोङ, विकेश कुथु र अमृत चौधरी पनि टोलीमा अटाउन सफल भए ।

प्रारम्भिक टोलीमा म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपमा पक्राउपछि धरौटीमा छुटेका निवर्तमान कप्तान सागर थापासहितका खेलाडीलाई भने समावेश गरिएको छैन ।

मुद्दाको टुङ्गो नलागेसम्म उनीहरुको निलम्बन कायमै रहने अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ । प्रतियोगिता भारतको केरलामा आगामी डिसेम्बर २३ देखि सञ्चालन हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी