स्वतन्त्र लिम्बुवान हाम्रो माग हो, आपराधिक समुह होईनौँ–हाराङ

स्वतन्त्र लिम्बुवान हाम्रो माग हो, आपराधिक समुह होईनौँ–हाराङ

  • बुधबार, कार्तिक २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

२५ कार्तिक, ताप्लेजुङ/ ताप्लेजुङ जिल्लाको उत्तरी गाविस इखाबु ४ निबासी प्रहरी प्रसाशनले चोरी, डकैति, आपराधिक र अबैध कृयाकलापमा संलग्न भएको आरोपमा प्रहरीको सर्बाधिक खोजीमा रहेका देऊमान लाबुङ हाराङले पहिलो पटक सार्वजानिक अभिव्यक्ति दिँदै आफू आपराधिक समुह नभएर राजनीतिक मुद्धा बोकेको किरात मूलबासी सम्बद्ध, भूमिमूक्ति लिम्बुवान राष्ट्रिय पार्टीको सदस्य भएको बताएका छन् ।
संयुक्त राष्ट संघमा २०६९ सालमा पल्लो किरात लिम्बुवान पार्टी मार्फत ज्ञापन पत्र बुझाईएको र राष्टपतिको कार्यालय, गृहमन्त्रालय, जिल्ला प्रसाशन कार्यालय र संचारकर्मी तथा पत्रकारलाई पनि आफ्नो माग बारे स्पष्ट गराएको तर आफ्नो मागलाई त्यो बेलाको बाबुराम भट्टराईका सरकारले बेवास्था गरेको कारण आफूहरु भूमिमूक्ति आन्दोलनको अन्तिम लंडाइमा जुटेको बताए ।

२ सय ५० वर्ष पुरानो उतपीडन, जातीय दमन, भाषिक दमन र ऐतिहासिक सम्झौताहरुलाई सरकारले पालना नगरेको र लिम्बुवानलाई शासन गर्ने अधिकार नेपाल सरकारलाई नभएको समेट दाबी गरे । आज बिहान रेडियो फक्ताङ्लुङ एफएमको दैनिक बहसमुलक कार्यक्रम फक्ताङ्लुङ बहसमा कुरा गर्दै हाराङले सो कुरा बताएका हुन् ।
विभिन्न १० ओटाभन्दा बढी प्रशासनले लगाएको मुद्धाको सम्बन्धमा आफूले कुनै पनि आपराधिक घटना नघटाएको बरु प्रहरीले झुटा र अन्य समुहद्धारा घटाईएको घटना र कृयाकलाप आफ्नो नाममा सुनियोजित ढंगले दर्ता गराई आफू र आफ्नो पार्टीलाई बदनाम गर्न खोजेको आरोप समेत लगाएका छन् ।

निर्दोष व्यक्तिाई अमानवीय र मानव अधिकारको उलंघन गर्दै आफ्नो कार्यकर्ता समीर लिम्बूलाई निर्ममतापूर्वक प्रहरीले हत्या गरेकोमा आपत्ति भएको बताए ।
यि सबै प्रहरीको कृयाकलाप प्रति घोर अपत्ति जनाउँदै अब उप्रन्त यस्तो कृयाकलाप नगर्न र नियन्त्रणमा लिई थुनामा राखिएका आफ्नो पार्टीका सदस्यलाई बिना सर्त रिहाईको माग गरेका छन् ।

यदि प्रशासनको यो कृयाकलाप नरोकिएको खण्डमा प्रहरी प्रशासनका व्यक्तिलाई पनि अफ्नो कार्यकर्ता जस्तै नियन्त्रणमा लिएर कार्बाही गर्ने चेतावनी समेत दिएका छन् ।
तर यता प्रहरी र प्रशासनले भने यो सबै कुरा अस्वीकार गरेको छ । असोज २९ गते बिहान इखाबुको जोरपानी चौरी खर्कबाट सान्थाक्रा ७ निवासी मनकुमारी लिम्बूलाई केही अतियार र विष्फोटक पदार्थ सहित पक्राउ गरेको थियो भने गत कार्तिक १७ गते सान्थाक्रामा हाराङ समुहसँग दोहोरो गोली हानाहान हुँदा खेजेनिम ३ निबासी समीर लिम्बू प्रहरीको गोलीद्धारा मारिएकोे थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ