काठमाडौ २५ कार्तिक ।
इङ्ल्याण्ड फुटबल एशोसिएशनले खेलाडीले मैदानमा अभद्र व्यवहार देखाएको भन्दै चेल्सी र वेस्टह्यामलाई जरिवाना गराएको छ ।
आफ्ना खेलाडीलाई नियन्त्रणमा राख्न नसकेको भन्दै एशोसिएशनले चेल्सीलाई ५० हजार पाउण्ड र वेस्टह्यामलाई ४० हजार पाउण्ड रकम जरिवाना गराएको हो ।
गत अक्टोबर २४ मा सम्पन्न प्रिमीयर लिगको खेलमा खेलाडीले अनुशासन पालना नगरेको एशोसिएशनको ठहर छ । खेलमा रेफ्रीलाई अपशब्द प्रयोग गरेको आरोपमा चेल्सीका प्रशिक्षक जोसे माउरिन्होलाई यसअघि नै एशोसिएशनले कारबाही गरिसकेको छ ।
एशोसिएशनले प्रशिक्षक माउरिन्होलाई एक खेलमा प्रतिबन्धका साथै ४० हजार पाउण्ड जरिवाना गराएको थियो । खेल अनुशासन पालन नगरेको विषयमा यसअघि पनि चेल्सी पटकपटक कारबाहीमा परिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline