काठमाडौ २५ कार्तिक । सरकारले उपत्यकाका सर्वसाधरणका लागि निशुल्क बस सेवा उपलब्ध गर्ने भएको छ ।
निजामति सेवाका कर्मचारी बोक्ने १२ ओटा बसबाट आजदेखि राजधानीका मुख्य मुख्य स्थानमा यातायात सेवा प्रदान गर्ने तयारी भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयको निर्देशनमा राजधानीमा निशुल्क यातायात सेवा दिन लागिएको समान्य प्रशासन मन्त्रालयका प्रवक्त राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
लगनखेल कलंकी रुटमा दुई र लगनखेल कोटेश्वर रुटमा दुई गरी चार ओटा बसले सेवा प्रधान गर्नेछन् । यस्तै रत्नपार्कबाट विभिन्न बसले जोरपाटी, किर्तिपूर, लगनखेल, स्वयम्भू, नयाँबसपार्क, पेप्सीकोला, कोटेश्वर, सुर्यविनायक, थानकोट लगायतका मुख्य स्थानमा सर्वसाधरणले निशुल्क यातायात सेवा पाउनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline