मन्त्रीले साईकल चडेर हिडेपछि (तस्वीर सहित)

मन्त्रीले साईकल चडेर हिडेपछि (तस्वीर सहित)

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, २४ कात्तिक ।

मन्त्रीका लागि सवारी साधन, सुरक्षाकर्मीको व्यवस्था गरिएको हुन्छ । मन्त्री भनेपछि सुरक्षामा हिँड्नुपर्ने भन्ने प्रचलन पनि नेपालमा स्थापित छ । तर आज सिंहदरबारमा रमाइलो र नेपालीले अवलम्बन गर्नैपर्ने दृश्य पनि देख्न पाइयो ।

सन्दर्भ हो विज्ञान, प्रविधि तथा वातारण मन्त्रालयले ‘पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधन हटाऔँ, साइकल चढौँ’ भन्ने अभियान लागू गर्ने उद्देश्यले आयोजना गरिएको समारोहको ।

प्रमुख अतिथि हुनुहुन्थ्यो, विज्ञान प्रविधि तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान । सदा जस्तै सवारी साधनमा झन्डा हल्लाएर हिँड्ने मन्त्री पासवान आज सिंहदरबारबाट साइकल चढेर आफ्नो निवास गौशाला पिङ्लास्थान लाग्नुभयो । उहाँमात्रै होइन, उहाँका सुरक्षाकर्मीसमेत साइकल नै चढेर सुरक्षामा खटिनुभयो ।

मन्त्रीमात्रै होइन, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल पनि साइकल नै चढेर आफ्नो निवास जानुभयो । यो रमाइलो दृश्य रमाइलोका लागि आयोजना गरिएको थिएन । भारतले अघोषित रुपमा जारी राखेको नाकाबन्दीका कारण इन्धनको सङ्कट भएपछि त्यसलाई हटाउनका लागि साइकल चढ्ने अभियानको सुरुवात गरिएको हो ।

मन्त्रालयले साइकल चढ्ने संस्कार विस्तार गर्न र त्यसलाई अभियानका रुपमा अगाडि बढाउनका लागि आजबाट उक्त अभियान सुरु गरिएको हो । साङ्केतिक रुपमा भए पनि सुरु गरिएको पहिलो चरणको सो अभियानमा मन्त्रालयले १० वटा साइकल प्रयोग गर्नेछ ।

‘इन्धनको प्रयोग घटाऔँ र वातावरणमैत्री सवारी साधनको प्रयोग गरौँ’ भन्ने मान्यतालाई स्थापित गर्न साइकललाई प्राथमिकता दिएको सचिव पौडेलले बताउनुभयो ।

नेपाल इन्धन आयात गर्ने मुलुक भएकाले पेट्रोलियम पदार्थको प्रयोग घटाउने र साइकल संस्कृतिलाई बढावा दिने उद्देश्यले सो अभियान सुरु गरिएको हो ।

आफू त तराई मधेसको बासिन्दा न परँे, साइकल चढ्न रमाइलो लाग्छ, मन्त्री पासवानको सङ्क्षिप्त प्रतिक्रिया थियो । साइकल चलाउन सिपालु मन्त्री पासवानलाई त साइकलको यात्रा रमाइलो नै लागेको थियो, तर उहाँका सुरक्षाकर्मीमध्ये एकलाई भने साइकल चलाउन नआउने भएकाले समस्या परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी