काठमाण्डौ, २४ कार्तिक ।
म्याचफिक्सिङ प्रकरणमा आरोपित खेलाडी र प्रशिक्षकलाई धरौटी लिएर रिहा गर्न विशेष अदालतले आदेश दिएको छ । केहीबेरअघि अदालतले चार खेलाडी र एक प्रशिक्षकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
विषेश अदालतका रजिष्टार भद्रकाली पोखरेलका अनुसार, अन्जन केसी र रितेश थापालाई जनही ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
यस्तै राष्ट्रिय टिमका निलम्बित कप्तान सागर थापासँग १ लाख ५० हजार रुपैयाँ माग गरिएको छ । रजिष्टार पोख्रेलले बाँकी दुई खेलाडि सन्दीप राई र विकाससिंह क्षेत्रीसँग ५०–५० हजार माग गरेको जानकारी दिनुभयो । सो रकम बुझाए लगत्तै उनीहरु रिहा हुनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline