‘नयाँ शक्ति’ गठनमा जुटे बाबुराम , गोरखाको संयोजक गोवर्धन

‘नयाँ शक्ति’ गठनमा जुटे बाबुराम , गोरखाको संयोजक गोवर्धन

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

गोरखा, २४ कात्तिक ।

एमाओवादी छोडेर हिडेका डा बाबुराम घट्टराईले नया शत्ति निर्माण अभियान सुरु गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराई पक्षधरको सहभागीतामा गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा नयाँ शक्ति गठन भएको छ ।

आज भएका छुट्टाछुट्टै भेलाले गोवर्धन श्रेष्ठको संयोजकत्वमा गोरखा नगरसमिति र अशोक देवकोटाको संयोजकत्वमा पालुङटार नगरसमिति गठन गरिएको हो ।

गोरखा नगर समितिमा १५१ सदस्य छन् । पालुङटार नगरसमितिमा ५१ जना सदस्य रहेको नयाँ शक्ति अभियानका गोरखास्थित नेता रमेश पोखरेलले बताउनुभयो ।

त्यस्तै, पालुङटारमा १३५ सदस्यीय नयाँ शक्ति अभियान टोलीसमेत गठन भएको छ ।

दुर्गानारायण श्रेष्ठको अध्यक्षतामा भएको भेलामा केन्द्रीय अभियन्ता महेन्द्र श्रेष्ठ, जिल्लाका अगुवा रमेश पोखरेललगायतको उपस्थिति थियो ।

त्यस्तै गोरखा नगरपालिकाको भेलामा केन्द्रीय अभियन्ता रमेश सिग्देल, जिल्ला नेता ज्ञानेन्द्र कुमाललगायतको सहभागितामा नयाँ शक्ति गठन गरिएको हो ।

गाउँगाउँमा भेला निरन्तर रहने र नयाँ शक्ति अभियानलाई निरन्तरता दिइने पोखरेलले बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ