आजबाट हवाई भाडादर बढ्यो

आजबाट हवाई भाडादर बढ्यो

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २४ कार्तिक ।  

नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य वृद्धि गरेसँगै आन्तरिक वायुसेवा कम्नीहरुले आजबाट लागु हुने गरीे हवाई भाडादर बढाएका छन् ।

भारतको अघोषित नाकाबन्दीका कारण हवाइ मार्गबाट इन्धन ल्याउनुपर्दा लागत बढेको भन्दै निगमले इन्धनको मुल्य बढाएपछि निजी आन्तरिक वायुसेवा कम्पनीहरुले भाडादर बढाएका हुन् ।

यसअघि प्रतिलिटर ११८ रुपैयाँमा बिक्री गर्दै आएको हवाई इन्धनको मूल्यमा दोब्बर भएर अहिले २३३ पुगेको निगमले जनाएको छ ।

इन्धनको मूल्य बढेलगत्तै हिजो बसेको वायुसेवा सञ्चालक संघको बैठकले हवाई भाडा पनि बढाउने निर्णय गरेको सिम्रिक एयरका बजार प्रबन्धक प्रज्जवल थापाले जानकारी दिनुभयो ।

हवाई इन्धन पुनः सडक मार्गबाटै आउन सुरु भएपछि मात्र पुरानै मूल्य कायम गरिने निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी