काठमाडौ २४ कार्तिक ।
भारतीय नाकाबन्दीका कारण मुलुकमा असहज परिस्थिति उत्पन्न भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ ।
संविधान जारी भएपछि भारतको अघोषित नाकाबन्दीले जनजीवन अत्यन्तै कष्टकर बन्दै गएका बेला प्रधानमन्त्री ओलीले आज राष्ट्रको नाममा सम्बोन गर्ने तयारी गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनितिक परिस्थिति, भारतीय नाकाबन्दी, तराई मधेशमा जारी आन्दोलन लगायत सबै पक्षलाई समेटेर सम्बोधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको सम्बोधन बारे हिजो बसेको मन्त्री परिषदको बैठकमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline