यमपन्चकको दोस्रो दिन : आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइदै

यमपन्चकको दोस्रो दिन : आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइदै

  • मङ्लबार, कार्तिक २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ २४ कार्तिक ।  

यमपन्चकको दोस्रो दिन आज कुकुर तिहार । इमान्दार पहरेदार कुकुरलाई टीका तथा माला लगाई मिठा मिठा खानेकुरा खान दिई आज घर घरमा कुकर तिहार मनाइदैछ ।

घरको रक्षा गर्ने र आज्ञाकारी कुकुरलाई आज मिठो मिठो परिकार खुवाइन्छ । विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती जस्ता विपतमा कुकुरले पूर्वसूचना समेत दिने जनविश्वस रहि आएको छ ।

इमानदार पहरेदार जन्तुका रुपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षमा एकपटक यमदूतका रुपमा पूजा गर्ने चलन छ । आजका दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध रहिआएको छ ।

यमपाचकमा काग कुकुर गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु प्रकृतिका सबै जीवसँग मानव जातिको सह अस्तित्व रहिआएको छ भन्ने जीवनदर्शनको प्रतीकका रुपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि रहेको पाइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ