काठमाडौं, २३ कार्तिक ।
खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका ५ खेलाडीहरुको बयान आज सकिएको छ ।
राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा लगायतका खेलाडीले राज्य विरुद्धको अपराध गरेको आरोप सहित सरकारी वकिलकार्यालयले हिजो विषेश अदालतमा मुद्दा दायर गरेको थिया े।
हिजैदेखि पक्राउ परेका खेलाडीहरुलाई अदालतमा उपस्थित गराई बयान सुरु भएको थियो। थुनछेक बयान सकिएपनि समयअभावका कारण थुनछेक बहस हुन नसकेकाले भोलीलाई सारिएको अदालतले जनाएको छ ।
प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्रीमाथि लगाइएको अभियोग पुष्टि भए बढीमा जन्मकैदसम्मको सजाय हुनेछ ।
प्रहरीले उनीहरुलाई असोज २७ गते राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline