काठमाण्डौं कार्तिक २३ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्ध नेपालमा जनमत बढ्दै जादा बिहारमा भएको विधान सभाको निर्वाचनको परिणामले नेपाली केही खुसी देखिए ।
सर्वसाधारण नेपालीको बुझाईमा मोदीले नेपालमा नाकाबन्दी गरेकाले हार्यो चुनाव अब नाका खुल्छ भन्ने छ ।
तर वास्तविकता भने अलि बेग्लो छ । भारत बिहारमा नितिश कुमार मुख्य मन्त्री हुने निश्चित हुनासाथ नेपालका प्रधानमन्त्री के पी शर्मा ओलीले टेलिफोनमा कुराकानी गर्ने प्रयास आईतबार दिउसोबाट शुरु भयो ।
केही समय पछि बिहारका मुख्य मन्त्री नितिश कुमारसग‘ प्रधानमन्त्री ओलीले कुराकानी गरेर बधाई दिदै नेपाल तिर नाका भएको अवरोध हटाउन पहल गर्न आग्रह गरे ।
सो अनुसार मुख्य मन्त्री नितिश कुमारले तत्काल बीरगञ्ज बाहेक अन्य नाकाहरु सहज पार्ने आस्वासन दिएको बुझिएको छ । केन्द्र सरकारले हस्तक्षेप नगर्ने हो भने मुख्य मन्त्री नितिश कुमारले जोगवनी, बेलहिया लगायतका धेरै नाकाहरु सहज पार्ने देखिएको छ ।
तर नितिश कुमारको आस्वासनका बाबजुद पनि केन्द्र सरकार सकारात्मक नहुदा र नेपालमा मधेशवादी दलहरुलाई नमिलाउदा पूरै नाका सहज नहुने देखिएको छ । केही जानकारहरु भारतले रणनीतिक स्वार्थकै कारणले नाकाबन्दी गरेकाले सजिलो तरीकाले नखोल्ने भन्दै सतर्क रहनु पर्ने बताएका छन् ।
मधेशवादी दलले आफ्ना मागहरु संवोधन नहुदा मंसीर पहिलो हप्ता पछि अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । बीरगञ्ज बाहेकको सबै नाका सहज हुदा पनि राजधानीमा आपूर्तिमा सहजता आउन निकै समस्या हुने गरेको छ ।
अब मोदीलाई चूनौती दिएर नितिश कुमारले नेपालको नाका खुकुलो पार्लान त ? यदी यसो गर्न सकेमा ५ पटक बिहारको मुख्य मन्त्री भईसकेका नितिश कुमारले सन् २०१९ मा नरेन्द्र मोदी विरुद्ध भारतीय प्रधानमन्त्रीको चुनावमा नेपाल समर्थक र नेपाली भाषीको साथ पाउन सक्ने छन् । उनलाई अब मोदीको प्रतिस्पर्धीको रुपमा हेर्न र विष्लेषण गर्न थालिएको छ ।