अष्ट्रेलियाद्धारा न्युजिल्याण्ड बिरुद्धको टेष्ट क्रिकेटमा १–० को अग्रता

अष्ट्रेलियाद्धारा न्युजिल्याण्ड बिरुद्धको टेष्ट क्रिकेटमा १–० को अग्रता

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २३ कार्तिक ।  

न्युजिल्याण्ड बिरुद्ध ३ खेलको टेष्ट क्रिकेटमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । आज सम्पन्न खेलमा २ सय ८ रनको विशाल जित निकाल्दै अष्ट्रेलियाले टेष्टमा अग्रता लिएको हो ।

५ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाहुना टोली न्युजिल्याण्ड टेष्टको पाँचौ तथा अन्तिम दिन आज २ सय ९५ रनमा अलआउट भयो ।

गत बिहीबारदेखि सुरु भएको पहिलो टेष्टमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली अष्ट्रेलियाले आफ्नो पहिलो इनिङमा शानदार ब्याटिङ गर्दै मात्र ४ विकेटको क्षतिमा ५ सय ५६ रन जोडेको थियो ।

जवाफमा न्युजिल्याण्डले आफ्नो पहिलो इनिङमा ३ सय १७ रन मात्र बनाउन सकेपछि अष्ट्रेलियाले २ सय ३९ रनको अग्रता लियो ।

अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङमा ४ विकेटको क्षतिमा २ सय ६४ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेपछि न्युजिल्याण्डले ५ सय ४ रनको विजयी लक्ष्य पाएको थियो ।
पहिलो टेष्टको दुबै इनिङमा शतक प्रहार गरेका अष्ट्रेलियन ओपनर डेबिड वार्नर म्यान अफ द म्याच घोषित भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी