सार्वजनिक सवारीलाई दिने इन्धनको परिमाणमा ६० प्रतिशत कटौति

सार्वजनिक सवारीलाई दिने इन्धनको परिमाणमा ६० प्रतिशत कटौति

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ २३ कार्तिक ।  

नेपाल आयल निगमले सार्वजनिक सवारीलाई दिने इन्धनको परिमाणमा ६० प्रतिशत कटौति गरेको छ । निगमले उपत्यकामा हिजोबाट ८० हजार लिटर मात्रै डिजेल बजारमा पठाउन सुरु गरेको छ ।

यसअघि निगमले औषतमा दैनिक २ लाख लिटर डिजेल वितरण गर्दै आएको थियो । इन्धनमा भएको कटौतीसँगै सडकमा न्युन मात्रामा मात्र सवारी साधन चलेका छन् ।

निगमले हिजो ९ वटा सरकारी तथा साझा पम्पहरुबाट ८० हजार लिटर मात्रै डिजेल वितरण गरेको थियो । आज पनि कम परिमाणमा मात्र डिजेल वितरण भइरहेको निगमका निमित्त निर्देशक सुशिल भट्टराइले जानकारी दिनुभयो ।

भारतले सिमानाकामा कडाई गर्दै इन्धन आपूर्ति ठप्प बनाएपछि काठमाडौंस्थित थानकोट डिपोमा डिजेलको मौज्दात घट्दै गएको भट्टराईको भनाई छ ।

भारतबाट सहज रुपमा इन्धन अयात नभएसम्म निजी पम्पहरुबाट इन्धन वितरण गर्न नसकिने निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ