नाकाबन्दीका कारण सहज आपूर्ति नहुदा बजारमा खानेतेलको अभाव

नाकाबन्दीका कारण सहज आपूर्ति नहुदा बजारमा खानेतेलको अभाव

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २३ कार्तिक । 

भारतीय नाकाबन्दीका कारण सहज रुपमा आयात हुन नसकेपछि बजारमा खाने तेलको अभाव बढ्दै गएको छ ।

करिब एक महिना यता खानेतेलको आयात सहज नहुँदा अभाव बढ्दै गएको व्यावसायीले बताएका छन् ।

खाने तेलको अभाव देखिएसँगै बजारमा कालोबजारी पनि बढ्न थालेको छ । तिहारको बेला धेरै चाहिने खाने तेल पाउन छोडेको र पाउँदा पनि दोब्बर तेब्बर मूल्य तिरेर किन्नु परेको उपभोक्ताको गुनासो छ ।

सरकारले प्रभावकारी अनुगमन नगर्दा महंगी बढेको सरोकारवालाहरुको भनाई छ । अनुमगन गर्ने निकाय वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले भने अनुगमन भैरहेपनि बजार सामान्य अवस्थामा नभएकाले समस्या भएको प्रतिक्रिया दिएको छ ।

माग अनुसारका दैनिक उपभोग्य सामान नहुँदा अनुगमन प्रभावकारी बन्न नसकेको विभागको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ