अहिले धेरै मानिसको जीवन शैलीको एउटा ठूलो समस्या ब्लड प्रेसर देखिएको छ । संसारै भरी मानिसहरुमा खासगरी हाई ब्लड प्रेसरको समस्या देखिदै गएको विश्व श्वास्थ्य संगठनले जनाएको छ । दौडधुप, तनाव, जंक फुड आदि यसको प्रमुख समस्या रहेको श्वास्थ्य विषेषज्ञहरुको भनाई छ । प्रेसर बढी भएमा स्ट्रोक , हर्ट अट्याक जस्ता ठूलो समस्याले मानिसको मृत्यु समेत हुने गरेको छ ।
यदी तपाई पनि प्रेसर नियन्त्रणमा चाहनु हुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् ।
१. लसुनः लसुन ब्लड प्रेसरको बिरामीका लागि अमृत समान रहेको छ । लसुनमा पाईने एलीसीन तत्वले नाईट्रीक अक्साईडको उत्पादन बढाई शरीरको मांसपेशीमा आराम पुर्याउछ । यसले ब्लड प्रेसरको डाईलोस्टिक र सिस्टोलीक सिस्टममा पनि राहत दिएर प्रेसर नियन्त्रण गर्न मद्धत पुर्याउछ । त्यसैले प्रेसरका रोगीहरुले हरेक दिन खाली पेटमा एक केस्रा लसुन खाने गर्नु लाभदायक हुन्छ ।
२. तिलः तिलको तेल र चामल मिलाएर खानाले प्रेसर नियन्त्रणमा आउछ । हाईपर टेन्सनको विरामीका लागि यो निकै लाभदायक हुन्छ । यो ब्लड प्रेसर नियन्त्रण गर्न निकै ठूलो प्रभावकारी ओखति मानिन्छ ।
३. प्याजः प्याजको नियमित सेवनले तपाईको कोलेस्ट्रोल कन्ट्रोल गर्दछ । यसमा क्योरसेटिन नामक तत्व पाईन्छ । यसले मुटुको विरामी हुन बाट जोगाउछ ।
४.दालचीनीः दालचीनीको सेवन बाट ब्लड प्रेसर कन्ट्रोल हुन्छ । यसलाई अझ पानीमा भिजाएर नियमित खानाले राम्रो फाईदा पुग्दछ ।