काठमाडौ, २३ कार्तिक ।
व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । नयाँ सरकार गठनपछि पहिलो पटक हिजो बसेको बैठकमा मधेसवादी दलका सभासदले अवरोध गरेपछि बैठक आज अपरान्न सम्मका लागि स्थगित गरिएको हो ।
सरकारले आफ्ना माग पूरा नगरेसम्म संसद बैठक चलन नदिने रणनिति बनाएको मोर्चाले आजपनि बैठक अवरुद्ध पार्ने तयारी गरेको छ ।
दलहरुबीच सहमति जुट्न नसक्दा पुनरनिर्माण प्राधिकरण सम्बन्धी विधेयक समेत संसदमा पेश हुन सकेको छैन । त्यस्तै सविधान संशोधन विधेयक पारित भएर मात्र आफ्ना माग पूरा नहुने मोर्चाले बताएको छ ।
मोर्चाले सरकारलाई यसअघि बुझाएको ११ बँदे माग बमोजिम संविधान संशोधन गर्नुपर्ने अडान लिएको छ । बैठक आज अपराह्न ३ बजेका लागि बोलाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline