बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २३ कार्तिक ।  

स्पेनिस कलब बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति सम्पन्न खेलमा भिल्ला रियललाई ३–० ले पराजित गर्दै बार्सिलोना प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको हो ।

पहिलो हाफमा दुवै तर्फ गोल हुन नसकेको खेलको ६० औं मिनेटमा बार्सिलोनाका लागि नेइमारले पहिलो गोल गरे । त्यसको १० मिनेटपछि पाएको पेनाल्टिको अवसरलाई लुइस स्वारेजले सदुपयोग गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भयो ।

८५ औं मिनेटमा नेइमारले गरेको व्यक्तिगत दोस्रो गोलपछि बार्सिलोना ३–० ले विजयी भएको हो । जितपछि डिफेन्डिङ च्याम्पियन बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट २७ अंक भएको छ ।

पराजित टीम भिल्ला रियल ११ खेलबाट २० अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी