यमपञ्चकको पहिलो दिन : आज कागको पूजा गरी काग तिहार मनाइदै

 यमपञ्चकको पहिलो दिन : आज कागको पूजा गरी काग तिहार मनाइदै

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाडौ २३ कातिक ।  

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने यस पर्वलाई यमपन्चक यमपञ्चक पनि भनिन्छ ।
यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशबाहकका रुपमा लिइन्छ । आधुनिक सञ्चारको सुरुवात् हुनुअघि कागको गोडामा सन्देश भुन्ड्याएर पठाउने गरिन्थ्यो ।

यसैले कागलाई सन्देशबाहक पनि भनिन्छ । घर आँगनमा आई काग कराएमा शुभ बोल भन्ने चलन पनि छ । काग घरअघि आएर कराउँदा उसले केही सन्देश भनेको भनी विश्वास गर्ने प्रचलन छ ।

यसैगरी दोस्रो दिन भोली भैरवको बहानका रुपमा परिचित कुकुरको पूजा गरिन्छ । त्यस्तै औँसीका दिन बिहान गाईको पूजा गरेर साँझ परेपछि दिपावलीका साथ लक्ष्मी पूजा गरिन्छ ।

तिहारको चौथो दिन गोबर्धन र दैत्यराज बलीको पूजा गरिन्छ । यस दिन नेवार समुदायले म्हः पूजा पनि गरिन्छ । पाँचौ अर्थात यमपन्चकको अन्तिम दिन दिदीबहिनीहरुले दाजुभाईलाई टीका लगाई भाइ टीका गरिन्छ ।

नेपाल पन्चाङ्ग निर्णयक समितिका अनुसार यसपटक भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ