बिहारमा मोदी हारे सगैं , नाका सहज पार्ने भारतीय संकेत

बिहारमा मोदी हारे सगैं , नाका सहज पार्ने भारतीय संकेत

  • सोमवार, कार्तिक २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौं कार्तिक २३ ।
साम्प्रदायीक नारा दिए पछि बिहारको चुनावबाट नरेन्द्र मोदीको पार्टी बिजेपी बढारीए पछि नेपालमा पनि यसको ठूलो चर्चा शुरु भएको छ ।
मोदीले नेपालमा नाकाबन्दी गरीरहेको र त्यसको धेरै सिमा क्षेत्र बिहारमा जोडिएको हुनाले पनि चर्चा चुलिएको हो ।
बिहारमा महागठबन्धनको तर्फबाट अब नितिश कुमार नै मुख्य मन्त्री हुने भएका छन् ।
स्रोतका अनुसार बिहारको निर्वाचन परिणाम आए लगत्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नितिश कुमारलाई बधाई दिएका छन् ।
बिहारको नतिजाका कारण पनि मोदी सरकार सेफ ल्याण्डीङको उपायद्धारा नेपालको नाका सहज पार्ने पक्षमा देखिएको बुझिएको छ ।
एकातिर मधेशवादी दलले नाकाको धर्ना स्थगित गर्ने संकेत गर्नु र भारतीय राजदुत रञ्जित रेले नाका सहज हुने संकेत एकैसाथ गर्नुले पनि सहज हुने संभावना बढेको देख्न सकिन्छ ।
यसै गरी अब उत्तर प्रदेशमा पनि चुनाव हुन लागेकाले मोदी सरकार केही डराएको अनुभूति भारतीय विज्ञहरुले गरेका छन् ।
यस नाकाबन्दीको भारतकै पनि विभिन्न दल र वुद्धीजीवीहरुबाट आलोचना हुदै आएको छ ।
झण्डै २ महिना देखिको भारतीय नाकाबन्दीका कारण नेपालीको जनजीवनममा समस्या पर्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी