पाकिस्तान विरुद्ध नेपालको सम्माजनक हार

पाकिस्तान विरुद्ध नेपालको सम्माजनक हार

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

कार्तिक २२ काठमाण्डौं । अन्तराष्ट्रिय क्रिकेटको बलियो शक्ति पाकिस्तान विरुद्धको अभ्यास खेलमा नेपालले सम्मानजनक हार व्यहोरेको छ ।

आज दुवईमा भएको खेलमा पाकिस्तानले दिएको ३ सय २७ रनको चूनौती विरुद्ध सम्मानजनक व्याटीङ गरेको नेपालले कुल ५० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनाउन सफल रह्यो । पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो । समग्रमा नेपाल १ सय २१ रनले पराजीत भयो ।

नेपालका लागि अनील मण्डलले सर्वाधीक ६१ रन जोडे । उनले एक छक्का र चार चौका प्रहार गरे । त्यसै गरी ज्ञानेन्द्र मल्ल ४१, सागर पुन ३९, सुभाष खकुरेल २६, पारस खड्का १३ रनमा आउट भए ।

शरद भेस्वाकरले अवीजीत १४ रन जोेडे । पाकिस्तानका लागि भने अजर अलीले सर्वाधीक ७३ रन जोडे । त्यसै गरी सोएब मल्लिक ६३,मोहम्मद हाफिज ४९,बाबर अजाम ४३,युनिस खान ३८ र अहमेद सेहजादले ३५ रन जोडे ।
नेपालका बसन्त रेग्मीले २ विकेट लिए भने पारस खड्का र सागर पुनले समान एक एक विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी