म्याच फिक्सिङका आरोपी खेलाडीलाई राज्यविरुद्धको मुद्दा

म्याच फिक्सिङका आरोपी खेलाडीलाई राज्यविरुद्धको मुद्दा

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, २२ कात्तिक । म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपमा पक्राउ परेका फुटबल खेलाडीविरुद्ध प्रहरीले आज विशेष अदालत काठमाडौँमा राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

उनीहरुलाई राज्यविरुद्धको अपराध सजाय ऐन ४६ को दफा ३ को उपदफा १ बमोजिम प्रहरीका एक सहायक निरीक्षकले मुद्दा दर्ता गराएका हुन् ।

फाँटका एक कर्मचारीले पत्रकारलाई जानकारी दिएअनुसार आज समय अभाव भएकाले अदालती प्रक्रिया भोलि बिहान १० बजेबाट सुरु हुनेछ ।

नेपालले खेलेका अन्तर्राष्ट्रिय खेलमा करोडौँ पैसा लिएर म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले गत असोज २७ गते राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा तथा पूर्व खेलाडीद्वय अन्जन केसी र विकास सिंह क्षेत्रीलाई पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी