वैद्य र थापा एकै पार्टीमा ,नेकपा–माओवादी र नेकपा(एकीकृत)बीच पार्टी एकता

वैद्य र थापा एकै पार्टीमा ,नेकपा–माओवादी र नेकपा(एकीकृत)बीच पार्टी एकता

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २२ कात्तिक ।
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र परि थापा नेतृत्वको नेकपा(एकीकृत)बीच पार्टी एकता भएको छ ।

माओवादीको उपत्यका ब्युरोका कार्यालय कुपण्डोलमा आज आयोजित संयुक्त एकता अधिवेशनमार्फत दुई पार्टीबीच एकता घोषणा भएको हो ।

दुई पार्टी एकतापछि पार्टीको नाम नेकपा (माओवादी क्रान्तिकारी) राख्ने सहमति भए पनि त्यसको अन्तिम टुङ्गो राष्ट्रिय सम्मेलनले गर्ने भएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष वैद्यले नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने र क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने उद्देश्यसहित दुई पार्टीबीच एकता गरिएको बताउनुभयो ।

एकीकृतसँग मात्रै होइन नेपालमा छरिएर रहेका सबै माओवादी पार्टीबीच एकता अहिलेको आवश्यकता भएको बताउँदै उहाँले त्यसका लागि आफ्नो पार्टीले पहल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनले अहिले धक्का खाएको अवस्था भए पनि त्यो फेरि उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतले गरेको अघोषित नाकाबन्दीले नेपालमा फेरि राष्ट्रियताको आन्दोलनको आवश्यकतालाई पुष्टि गरेको बताउँदै भारतीय हस्तक्षेपको सबै नेपाली मिलेर सामना गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

मधेसी जनताको माग सही भए पनि मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका पार्टी भने भारतको पक्षमा रहेको उहाँले आरोप लगाउनुभयो ।

एकीकृतका महासचिव परी थापाले मुलुकका सामु देखापरेका चुनौतीको सामना गर्न र क्रान्तिको दायित्व पूरा गर्न एकता गरिएको बताउनुभयो ।

दुई पार्टीबीच तीन वर्ष अगाडिदेखि एकताको प्रयास गरिए पनि अहिले आएरमात्रै त्यसले सार्थकता पाएको उहाँले जानकारी दिनुभयो ।

आज नै दुई पार्टीको संयुक्त केन्द्रीय समिति विघटन गरी सम्मेलन आयोजक समिति बनाएर राष्ट्रिय सम्मेलन वा महाधिवेशनको मिति तय गर्ने आयोजकले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ