पाकिस्तानद्वारा नेपाललाई ३ सय २७ रनको लक्ष्य प्रस्तुत

पाकिस्तानद्वारा नेपाललाई ३ सय २७ रनको लक्ष्य प्रस्तुत

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २२ कार्तिक ।

मैत्रीपुर्ण अभ्यास खेलमा पाकिस्तानले नेपालसामु ३ सय २७ रनको लक्ष्य दिएको छ ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियन अन्तर्गत पपुवा न्यूगिनीसँग खेल खेल्न यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानसँग अभ्यास खेल खेल्ने मौका पाएको हो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धा्रित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको हो ।

पाकिस्तानका लागि अजहर अलीले ७३, सोहेब मल्लिकले ६३, मोहम्मद हफिजले ४९ र अहमद सेहजादले ३५ रन बनाए । नेपालका लागि बसन्त रेग्मीले २ तथा पारस खड्का र सागर पुनले १–१ विकेट लिए ।

अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् आईसिसीको संयोजकत्वमा नेपालले पाकिस्तानसँग एक दिवसीय अभ्यास खेल खेल्न पाएको हो ।

पाकिस्तानले युएइमा इंग्ल्याण्डसँग टेस्ट खेलिरहेको मौका पारेर नेपाली टोलीलाई पाकिस्तानसँग खेल्ने व्यवस्था मिलाइएको हो ।

यसअघि युईमा भएको हङकङसँगको दुई दिने अभ्यासमा नेपालले बराबरी खेलेको थियो । आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा नेपालले कात्तिक ३० र मंसिर २ गते पपुवा न्युगिनीसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी