संसद बैठक अवरुद्ध, मधेश आन्दोलन समाधान गर्नबाट सरकार भागेको आरोप

संसद बैठक अवरुद्ध, मधेश आन्दोलन समाधान गर्नबाट सरकार भागेको आरोप

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, २२ कार्तिक ।
अढाई महिना भन्दा लामो समयपछि संसद बैठकमा सहभागी भएको मधेसी मोर्चा सम्वद्ध दलहरुले आजको संसद बैठक अवरुद्ध गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलहरुको नाराबाजीका कारण व्यवस्थापिका संसद बैठक अवरुद्ध भएसंगै भोली पुन बस्ने गरि स्थगित गरिएको छ ।

आफूहरुले उठाएको मागप्रति सरकार संवेदनशिल नभएको भन्दै सम्वद्ध दलका सांसदहरुले संसदमा रोष्ट्रम अगाडी उभिएर विरोध जनाएका हुन्। तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन परिस्थितिमा पारेको मोर्चाको आरोप छ ।

मोर्चामा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी र सद्भावना पार्टी आबद्ध छन् । यसअघि मोर्चा प्रधानमन्त्री निर्वाचनमा सहभागी भएको थियो । तर त्यसपछिका संसद बैठकमा भने मोर्चा आवद्ध दलका सांसद उपस्थित भएका थिएनन् ।

यसैबीच, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष अशोक राईले तराई मधेसको आन्दोलन समाधान गर्नबाट सरकार भागेको आरोप लगाउनुभयो ।

वार्ता सकारात्मक र सहमति नजिक पुग्दा आन्दोलनकारीको हत्या हुने गरेको भन्दै सरकार वार्ताबाट पछि हटेको उहाँले बताउनुभयो । राईले विरगञ्जमा प्रहरीको गोलीले ज्यान गुमाउने भारतीय नागरिक निर्दोष रहेको दावी पनि गर्नुभयो ।

संसद बैठकमा उहाँले घटनाको न्यायिक छानविन पनि हुनुपर्ने बताउनुभयो । तर विरगञ्जमा ज्यान गुमाउने भारतीय नागरिकले प्रहरीलाई ढुंगा हानेको र त्यसपछि प्रहरीले गोली हानेको भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ ।

उहाँले तराइ आन्दोलनमा मारिएकाको परिवारले अहिलेसम्म केहि राहत नपाएको, घाइतेले उपचार खर्च नपाएको, हिरासतमा भएका आन्दोलनकारीको रिहाइ नभएको भन्दै आपत्ति जनाउनुभयो ।

फास्ट ट्रयाकको नाममा नियम उल्लंघन गरेर संविधान जारी गरेकाले संविधान पुनर्लेखन गर्नु पर्ने माग राईले गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी