‘सगरमाथा वारीपारी’ पुस्तक सार्वजनिक

‘सगरमाथा वारीपारी’ पुस्तक सार्वजनिक

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ, २२ कात्तिक ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्षगाँठका सन्दर्भमा महत्वपूर्ण पुस्तक ‘सगरमाथा वारीपारी’ शनिबार सार्वजनिक भएको छ ।

चाइना रेडियो इन्टरनेसनल बेइजिङले एक वर्ष लामो अध्ययन र अनुसन्धानपछि तयार पारेको उक्त पुस्तकमा नेपाल चीनबीचको राजनीतिक, कूटनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धसँंग जोडिएका विविध आयाम समेटिएका छन् ।

उक्त पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेती र प्रबन्ध निर्देशक सुशील राउतले संयुक्तरुपमा विमोचन गर्नुभयो ।

सो अवसरमा उपकुलपति उप्रेतीले नेपाललाई अफ्ठ्यारो पर्दा चीनले निःस्वार्थ सहयोग गर्छ भन्ने तथ्यलाई यसपटक थप प्रमाणित गरेको भन्दै चीनले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा गर्ने निःस्वार्थ सहयोगले चीन र नेपालबीचको सम्बन्ध नागरिकस्तरमा थप प्रगाढ बनेको स्मरण गराउनुभयो ।

काठमाडौस्थित चिनियाँ दूतावासकी प्रथम सचिव साओ चाओ मेले नेपाल र चीनबीचको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्ध आगामी दिनमा अरु उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा चाइना रेडियो इन्टरनेसनलका पत्रकार, चिनियाँ दूतावासका पदाधिकारी, नेपाल चीन सम्बन्धका ज्ञाता तथा विभिन्न मैत्रीपूर्ण मञ्चका पदाधिकारी सहभागी उक्त कार्यक्रममा क्यापिटल मिडिया ग्रुपका अध्यक्ष प्रकाशबाबु पौडेलले चीनले अहिले फेरि अफ्ठ्यारो परेको समयमा नेपालीलाई निःस्वार्थ सहयोग गरेर आफ्नो नेपाल नीति स्पष्ट पारेको भन्दै भविश्यमा यो सम्बन्धले अर्को उचाइ लिने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टदेखि पछिल्ला प्रधानमन्त्री झलनाथ खनाल तथा कूटनीतिक नियोगमा रहेर विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली तथा चिनियाँ विज्ञको विचार समेटिएको छ । पुस्तकमा चिनियाँ विज्ञको अनुभवलाई नेपाली भाषामा र नेपाली विज्ञको विचारलाई चिनियाँ भाषामा अनुवाद गरिएको छ ।रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी