काठमाडौं ,२२ कात्तिक ।
प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको संसदीय दलले मधेसका माग सम्वोधनका लागि संविधान संसोधन प्रस्ताव तत्काल सदनमा अघि बढाउन माग गरेको छ ।
संसदीय दलको आईतवारको बैठकले तत्कालिन सरकारले विधेयक पेश गरिसकेको अवस्थामा मधेसको माग सम्वोधनका लागि प्रस्ताव अघि बढाउनुको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
कांग्रेसको संसदीय दलले सडक आन्दोलन भन्दा संसदभित्रको संघर्षबाट अघि बढ्न मधेस केन्द्रित दललाई आग्रह गर्ने निष्कर्ष निकालेको नेता नरहरि आचार्यले बताउनु भयो ।
त्यस्तै, कंग्रेसको संसदीय दलले मधेसी मोर्चालाई सडक आन्दोलन छाडेर संसदमार्फत् समाधान खोज्न आग्रह गरेको छ ।
कांग्रेसले नाकाबन्दी हटाउन सरकारलाई आग्रह गर्दै आफूले पनि भूमिका खेल्ने जनाएको छ ।
यसैवीच कंग्रेसको संसदीय दलले भूकम्पपछिको पूननिर्माण अघि बढाउन प्राधिकरण गठन प्रक्रिया तत्काल शुरु गर्न समेत माग गरेको छ ।