नेपालले आज पाकिस्तानसँग अभ्यास खेल खेल्दै

नेपालले आज पाकिस्तानसँग अभ्यास खेल खेल्दै

  • आइतवार, कार्तिक २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २२ कार्तिक ।  

युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज पाकिस्तानसँग अभ्यास खेल खेल्दैछ ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलका लागि युएई पुगेको नेपालले खेलपूर्व टेष्ट मान्यताप्राप्त टोली पाकिस्तानसँग अभ्यास खेल खेल्न लागिएको हो ।

खेल नेपाली समय अनुसार आज बिहान साँव ११ बजे युएईको अबुधाबीमा सुरु हुनेछ । पाकिस्तानी सिनियर टोलीका कप्तान अजहर अलीको नेतृत्वमा रहने टिमसँग नेपालले एक दिवसीय खेल खेल्न लागेको हो ।

पाकिस्तानले यो खेललाई इंग्ल्याण्डसँगको श्रृंखला पूर्वको अभ्यासको रुपमा लिएको छ भने नेपालले पपुवा न्युगिनी विरुद्धको खेलपुर्वको अभ्यासभन्दा पनि टेष्ट मान्यताप्राप्त टोली विरुद्धको प्रतिष्ठाको लडाईको रुपमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी