काठमाडौं,२२ कार्तिक ।
हवाइ इन्धनको अभाव भएपछि आजबाट निजी विमान कम्पनीका आन्तरिक उडान बन्द हुने भएका छन् ।
नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसकेपछि आन्तरिक वायुसेवा कम्पनीहरुले आजका लागि तय गरेका करिब ५ दर्जन उडान नभर्ने घोषणा गरेका हुन् ।
आजबाट सरकारी ध्वजाबाहक नेपाल एयरलाइन्सको उडानमात्रै सुचारु हुने नेपाल आयल निगम हवाइ इन्धन डिपो प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो ।
आन्तरिक उडान गरिरहेका प्रमुख चार कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स र तारा एयरले विभिन्न गन्तव्यका लागि तय गरिएको ५४ वटा उडान रद्ध गरेका छन् ।
भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन संकट टार्न र आन्तरिक उडान नियमित गराउन भन्दै निगमले अन्तर्राष्ट्रिय उडानलाई यसअघि नै हवाइ इन्धन उपलब्ध गराउन छाडिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline