काठमाडौं, २१ कार्तिक ।
भारतीय नाकाबन्दीका कारण स्वदेशी जुत्ता उद्योगहरुको उत्पादन ८० प्रतिशतसम्म घटेको छ । नकाबन्दीका कारण कच्चा पदार्थको आयात रोकिूदा जुत्ता बिक्री हुने मूख्य सिजनमै उत्पदानमा ब्यापक कटौति गर्नुपरेको फुटवेयर म्यानुफ्याक्चर एसोसियसन अफ नेपालले जनाएको छ ।
कतिपय उद्योग बन्द भइसकेका छन् । कतिपयले भने ८० प्रतिशतसम्म उत्पादन घटाएर उद्योग चलाइरहेका छन् । सञ्चालनमा रहेका केही उद्योगले पुरानो स्टक सामानबाट जुत्ता बनाइरहेका छन ।
केही कच्चा पदार्थ भने वीरगञ्ज बाहेकका अन्य नाकाबाट फाटफुट रुपमा भित्रिएका छन् । जुत्तामा प्रयोग हुने ३८ किसिमका कच्चा पदार्थमध्ये एउटाको मात्रै अभाव भए पनि जुत्ता उत्पादन रोकिने उद्योगीहरु बताएका छन ।
जुत्ता बनाउन प्रयोग हुने केमिकल, छाला, रेगेजिन, सोल तुना लगायत ठूलो परिमाणका सामन वीरगञ्ज लगायतका नाकामा रोकिएका एसोसिशनका उपाध्यक्ष कालिदाश गोतामेले जानकारी दिनुभयो । उत्पादन कटौति गरेपछि दसैंमा बजारमा मागअनुसार जुत्ता दिन नसकिएको उद्योगहरुले बताएका छन् ।
९० प्रतिशत नेपाली जुत्तामा चिनियाू सोलको प्रयोग हुन्छ भने छाला र रेगेजिनमा नेपाल पूर्ण रुपमा भारतीय बजारमा निर्भर छ । यसअघिको दसैंतिहारको समयमा नेपाली जुत्ता उद्योगले २० देखि ३० प्रतिशतसम्म उत्पादन बढाउने गरेका थिए ।