जमुनाह नाका आजपनि ठप्प

जमुनाह नाका आजपनि ठप्प

  • शनिबार, कार्तिक २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौ २१ कार्तिक ।   

बाँकेको नेपालगञ्जमा रहेको नेपाल–भारत जमुनाह नाका आजपनि ठप्प छ । उक्त नाकाबाट गत मंगलबार यता इन्धन लगायत अत्यावश्यकीय सामग्री बोकेका एउटा पनि गाडी नेपाल भित्रिन नसकेको भण्सार कार्यलयले जनाएको छ ।

नाकामा अवरोध नभएपनि भारतीयपक्षले इन्धन लगायतका अत्यावश्वकीय सामग्री नेपाल प्रवेश गर्न दिएको छैन् । भारतीयपक्षले सिमेन्ट क्लिङ्कर, केरा, सुपारी, आलु, तरकारी, माछा बोकेका केही गाडी नेपाल प्रवेश गर्न दिएपनि मंगलबारदेखि इन्धन लगायत अन्य अत्यावश्यकीय सामग्रीको आयात रोकेको सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।

शुक्रबार इन्धन बाहेक अरु सामान बोकेका १७ वटा ट्रक नेपाल प्रवेश गरेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरीक्षक बिष्णु गिरीका अनुसार सीमापारी झण्डै दुई सयवटा मालबाहक गाडी र पेट्रोलियम पदार्थ बोकेका गाडीहरु पाँचदिनदेखि रोकिएका छन् ।

सीमापारी रुपैडियामा ग्याँसका दुई बुलेट र अरु इन्धनका २६ गाडी रोकिएका छन् । भारतले अघोषित नाकाबन्दी गरेपछिका सुरुवाती दिनमा खुकुलो रहेको नेपालगञ्जस्थित नेपाल–भारतको जमुनाह नाका पछिल्लो चारदिनदेखि ठप्प छ ।

भारतको भन्सार कष्टमले पछिल्लो समय मंगलबार दिउसोदेखि माथिको आदेश भन्दै भन्सार नगरिदिएपछि नेपालगञ्ज आउने दर्जनौं मालबाहक गाडी र पेट्रोलियम पदार्थका ट्यांकर रुपैडियामा रोकिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ