काठमाडौ २१ कार्तिक ।
फुटबलको सर्बोच्च निकाय फिफाले यो वर्षको उत्कृष्ट गोलकर्ताको मनोनयन सार्वजनिक गरेको छ ।
फिफाले सार्वजनिक गरेको उत्कृष्ट गोलकर्ताको मनोनयन सूचीमा बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी यस वर्षपनि परेका छन् ।
गएको मेमा भएको कोपा डेल रेको फाइनल खेलमा एथ्लेटिको बिल्बाओ विरुद्ध गरेको गोलबाट मेस्सी मनोनयनमा परेका हुन् । रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो भने यसवर्ष मनोनयनमा परेका छैनन् ।
मनोनयनमा पर्ने उत्कृष्ट १० गोलकर्तामा मेस्सीसँगै इंग्ल्याण्डका डेभिड बल, उरुग्वेका ग्वोन्जालो कास्ट्रो, इटलिका आलेसान्ड्रो फ्लोरेन्सी, ब्राजिलका वेडेल लिरा, अमेरिकाकी महिला फुटबलर कार्ली लोइड, फ्रान्सका फिलिपे मेक्सेज रहेका छन् ।
यस्तै अर्जेन्टिनाका कालोस टेभेज, कोस्टारिकाका रामिरेज र क्यामरुनका एनडीज्याङ पनि मनोनयनमा परेका छन् । उत्कृष्ट १० मा परेका खेलाडीबाट आगामी नोभेम्बर ३० मा उत्कृष्ट तीनको नाम छनौट गरिने छ ।
उत्कृष्ट तीनमा परेका मध्येबाट एक जनालाई आगामी वर्षको जनवरी ११ मा हुने फिफा बालोन डी’ओर वितरण समारोहमा उत्कृष्ट गोलकर्ताको अवार्ड प्रदान गरिने छ ।