नेपाल र हङकङवीचको खेल बराबरीमा टुङगियो

नेपाल र हङकङवीचको खेल बराबरीमा टुङगियो

  • शुक्रबार, कार्तिक २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ, २० कार्तिक ।

नेपाल र हङकङवीचको दुई दिवसीय क्रिकेटको अभ्यास खेल बराबरीमा टुङ्गिएको छ ।

५८ ओभरमा ३ सय १३ रनको लक्ष्य पाएको नेपालले दोस्रो इनिङसमा ५० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ५५ रन बनाएपछि खेल बराबरीमा भएको हो ।

नेपालका लागिशरद भेषाकरले ४७ र अनिल मण्डलले ४४ रन जोडे । भेषावकर र मण्डलले तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गर्दै केही आशा जगाएका थिए । तर मण्डल आउट भएपछि नेपालको पतन सुरु भएको थियो ।

मेहबुब आलमले २० र कप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाउनु बाहेक पवेलियन फर्केका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । तन्विर अफजाल र किन्चित साहले समान ३ विकेट लिए । हङ्कङले आज आफ्नो दोस्रो ईनिङ्गस् ७ विकेटको क्षतिमा २ सय ३ रनमा डिक्लियर गरेपछि नेपालले ३ सय १३ रनको उच्च लक्ष्य पाएको थियो ।

हङ्कङ्ले पहिलो ईनिङ्गस् ४ विकेटको क्षतिमा २ सय १५ रनमा डिक्लियर गरेको थियो । नेपालले भने ३६ ओभरमा एक विकेट गुमाई १ सय ६ रनमा पहिलो ईनिङ्गस् डिक्लियर गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी